फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा गएको बाढीका कारण प्रतिनिधिसभाको आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने तयारी गरिएको छ।
- बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि स्थगित गर्ने र अन्य कार्यसूची अगाडि नबढाउनेबारे छलफल भइरहेको छ।
- संक्षिप्त बैठक राख्ने गरी छलफल चलिरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी भएको छ ।
रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो । यसबारे छलफल भइरहेको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो ।
संक्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4