+
+
Shares

रसुवा बाढीका पीडितलाई स्वास्थ्य तथा राहत सामग्री पठाउँदै डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले रसुवाको भोटेकोशी बाढीपीडितका लागि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउने भएको छ ।
  • संगठनले २४ स्क्वायर मिटरका १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयले काठमाडौँको वीर अस्पताल र ट्रमा सेन्टरमा बाढी प्रभावितका लागि १०० वटा आपतकालीन शय्या छुट्याएको छ ।

१० भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ।

मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ ।

साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?