+
+
Shares

बुधबारदेखि हलमा लाग्यो ‘टक्सिक’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बुधबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ र नेपालका मल्टिप्लेक्सले उच्च शोसहित प्रदर्शन थालेका छन्।
  • १६ वर्षमुनिका दर्शकलाई नेपालमा ‘टक्सिक’ हेर्न नदिइने भएको छ।
  • एक्सन, थ्रीलर र ग्याङस्टर जनराको यो १९५ मिनेटको फिल्ममा यश, नयनतारा, हुमा कुरेशी र कियारा आडवाणीले अभिनय गरेका छन्।

काठमाडौं । यश स्टारर प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । नेपालका मल्टिप्लेक्सले उच्च शोसहित यो फिल्म प्रदर्शन थालेका छन् ।

यशको शीर्ष भूमिका रहेको यो फिल्मलाई नेपालमा १६ भन्दा मुनिका दर्शकले हेर्न पाउनेछैनन् । एक्सन, थ्रीलर र ग्याङस्टर जनरामा निर्माण भएको यो फिल्ममा यशसहित नयनतारा, हुमा कुरेशी र कियारा आडवाणीको पनि अभिनय छ ।

गीतु मोहनदास अभिनित फिल्मको रनटाइम १९५ मिनेट छ । भारतको पर्यटकीय थलो गोवाको परिवेशमा खिचिएको यो फिल्मले लागूऔषध कारोवारी समूहसँग मुख्य पात्रले गर्ने संघर्षको कथा चित्रण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?