+
+
Shares

सेयर बजार : जलविद्युत् र निर्जीवन बीमामा उच्च गिरावट, ३५ अंक घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजार ३५.९२ अंक घटेर नेप्से २५५८ अंकमा झरेको छ भने ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ।
  • तिब्बतबाट आएको बाढीले एक दर्जनभन्दा बढी विद्युत् आयोजनामा असर पारेपछि जलविद्युत् समूह २.८४ प्रतिशत र निर्जीवन बीमा समूह ३.९० प्रतिशत घटेको छ।
  • रसुवागढी जलविद्युत् आयोजनाको मूल्य १५ प्रतिशत घटेको छ भने सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढेको छ।

१० भदौ, काठमाडौं । बुधबार सेयर बजार ३५.९२ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २५५८ अंकमा झरेको छ । आज ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । २३ कम्पनीको मूल्य बढ्दा २५२ को घट्यो भने ३ को स्थिर रह्यो ।

आज सेयर बजारमा दुई समूहगत सूचक जलविद्युत् र निर्जीवन बीमा अत्याधिक प्रभावित भए । तिब्बतबाट आएको बाढीले एक दर्जन बढी विद्युत् आयोजनामा असर पारेपछि बुधबारको सेयर बजारमा जलविद्युत् समूह २.८४ प्रतिशत घट्यो ।

त्यस्तै निर्जीवन बीमा समूह ३.९० प्रतिशत घट्यो । विद्युत् आयोजनामा क्षति हुनु र सोको क्षति निर्जीवन बीमा कम्पनीले पूर्ती गर्नुपर्ने भएकाले आज यी समूहगत सूचक बढी प्रभावित भए । यद्यपि अरु समूहगत सूचक पनि झरेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.८४, फाइनान्स १.१०, होटल तथा पर्यटन ०.५४, लगानी १.३१, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनानस ०.९१, अन्य १.४४ तथा व्यापार ०.०४ प्रतिशत घटे ।

सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै अपरहेवाखोलाको १०.४३, कालिन्चोक हाइड्रोपावरको ३.२१ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै घट्नेमा आजको बाढीबाट प्रभावित आयोजनाका कम्पनीहरु छन् ।

रसुवागढी जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत घट्यो । त्यस्तै मैलुङखोला जलविद्युतको १४.९९, त्रिशुली जलविद्युतको १२.९५, माथिल्लो मैलुङखोलाको ११.५६, सान्जेन जलविद्युतको ११.१८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १०.८५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?