+
+
Shares

बाढीका घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने

रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:०६

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो ।

‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने ।

घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस कामको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने निर्णयल भएको छ ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यो घटनाबारे संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?