+
+
Shares

संसद बैठक अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी पहिरोको परिस्थितिका कारण प्रतिनिधिसभाको बिहीबार बिहान १ बजे तय बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक सकाउँदै बिहीबार बिहान १ बजेका लागि बैठक राख्नुभएको थियो ।
  • सूचनामा सरकार र सभाका सदस्य राहत तथा उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक बस्न नसकेको उल्लेख गरिएको छ ।

१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए ।

तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ ।

हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?