+
+
Shares
रसुवा बाढी :

जलविद्युत् आयोजनाहरूमा १९० जना सम्पर्कविहीन

प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली ३ बीको साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १ सय ९० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
  • नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रमा ९२ जना र त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मतमा ४५ कर्मचारी सम्पर्कविहीन छन् ।
  • त्रिशूली ३ बी साइटमा २१, चिलिमे क्षेत्रमा ७ र त्रिशूली २२० केभी ३बी सबस्टेसनमा १६ कामदार सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

१० भदौ, काठमाडौं । भोटेकोशी नदीमा आज आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरूमा कार्यरत १ सय ९० कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले अद्याविधिक गरेको पछिल्लो विवरण अनुसार ती कामदार सम्पर्कविहीन भएका हुन् । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली ३ बीको साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन् ।

चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ र आवास क्षेत्र वरपरबाट १ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । त्रिशूली ३बी आयोजनाको साइटमा कार्यरत ११ कामदार बेपत्ता छन् ।

उता, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन् । त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा संलग्न ४५ कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत १/१ कर्मचारी सम्पर्क बाहिर छन् । चिलिमे पावर हाउसको स्विचयार्डमा काम गर्ने एक कर्मचारी र मिटर रिडर समेत सम्पर्कविहीन रहेको तथ्यांक छ ।

त्यस्तै त्रिशूली २२० केभी ३बी सबस्टेसनमा ठेकेदारका तर्फबाट कार्यरत १६ कामदार सम्पर्कविहीन रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?