+
+
Shares

बाढीपीडितका लागि भारतले पठायो १० टन मानवीय सहायता सामग्री

बाढी प्रभावित नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको भारतीय विदेशमन्त्री एस जयशंकरले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २१:५१

१० भदौ, काठमाडौं । भारत सरकारले रसुवा बाढी पीडितका लागि १० टन मानवीय सहायता सामग्री पठाएको छ । बाढी प्रभावित नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको भारतीय विदेशमन्त्री एस जयशंकरले जनाएका छन् । उनले सहायता सामग्री पठाएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

यस्तै, भारतले बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सद्भाव जनाएको छ ।

विदेशमन्त्री जयशंकरले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा भारत रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?