+
+
Shares

रसुवागढी र तातोपानी नाकाको विकल्पमा कोरला प्रयोग गर्न भन्सार विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङको कोरला नाका प्रयोग गर्न मालबाहक सवारी साधन, चालक र व्यवसायीलाई अनुरोध गरेको छ।
  • विभागले कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया र अन्य सहजीकरणमा काम गर्ने जनाएको छ।
  • भन्सारका वेपत्ता कर्मचारीमध्ये सगुन मोक्तान आज सम्पर्कमा आएका विभागले जनाएको छ।

११ भदौ, काठमाडौं । भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ ।

विभागले पछिल्लो अपडेट सार्वजनिक गर्दै यी दुई नाका हुँदै नेपालतर्फ आउन लागेका मालबाहक सवारी साधन, चालक तथा व्यवसायीलाई कोरला नाका प्रयोग गर्न भनेको हो ।

कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा अन्य आवश्यक सहजीकरणमा विभागले काम गर्ने सूचनामा उल्लेख छ । विभागका अनुसार भन्सारबाट वेपत्ता कर्मचारीमाध्ये दुई जना आज सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा सगुन मोक्तान र रामु नेपाली रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?