+
+
Shares

विपद्पछिको अवस्थाबारे सर्वदलीय बैठकमा गृहमन्त्री गुरुङले गरे ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपद्पछिको अवस्थाबारे ब्रिफिङ गर्दै सुरक्षा निकायलाई उद्धार र सुरक्षा कार्यमा परिचालन गरिएको बताए ।
  • उनले पूर्वाधारमा ठूलो क्षति भएको र मानवीय क्षति तथा बेपत्ता व्यक्तिहरूको यकिन विवरण संकलन गर्न विभिन्न संयन्त्र परिचालन गरिएको बताए ।
  • उनले सञ्चार र आवागमनको सम्पर्क पुनःस्थापनाका लागि विशेष टोली परिचालन गरिएको र हिमाली जोखिम अध्ययन गर्न टोली गठन आवश्यक रहेको बताए ।

११ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सर्वदलीय बैठकमा विपद्पछिको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले ब्रिफिङ गर्दै सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार तथा सुरक्षा कार्यका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी दिए ।

उनले भनेका छन्, ‘पूर्वाधारमा भएको क्षतिको परिमाण अत्यन्त ठूलो छ र क्षतिको यकिन विवरण संकलन गर्न चुनौतीपूर्ण अवस्था रहेको छ ।’

विभिन्न माध्यम तथा संयन्त्र परिचालन गरी मानवीय क्षति तथा बेपत्ता व्यक्तिहरूको यकिन विवरण पहिचान गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् ।

स्वयंसेवक परिचालनका लागि सबै राजनीतिक दल तथा पक्षबाट व्यक्त गरिएको तत्परता प्रशंसनीय रहेको भन्दै उनले यो आवश्यक रहेको बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान तथा पूर्वानुमानका लागि विशेष टोली गठन गर्न आवश्यक छ ।’

सञ्चार तथा आवागमनको सम्पर्क पुन:स्थापना गर्न विशेष टोली परिचालन गरिएको पनि बताएका छन् ।

रसुवामा विनाशकारी बाढी गएपछिको अवस्थाका सन्दर्भमा छलफल गर्न सिंहदरवारमा सर्वदलीय बैठक बसेको हो ।

जहाँ रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित थिए ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?