+
+
Shares

चीनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्किन सहजीकरण गरिँदै

नेपाली राजदूतावास बेइजिङले यस सम्बन्धमा सूचना निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीमा आएको बाढीपछि चीनमा अलपत्र नेपालीलाई नेपाल फर्कन सरकारले सहजीकरण गरिरहेको छ ।
  • बेइजिङस्थित नेपाली राजदूतावासले अलपत्र नेपालीलाई ल्हासाका युवराज क्षेत्री, सन्जु महर्जन र राजकुमार साहसँग सम्पर्क गर्न सूचनामार्फत अनुरोध गरेको छ ।

११ भदौ, काठमाडौं । सरकारले चीनमा अलपत्र परेका नेपालीलाई नेपाल फर्किन सहजीकरण गर्दैछ ।

नेपाली राजदूतावास बेइजिङले यस सम्बन्धमा सूचना निकालेको छ ।

जसमा भनिएको छ, ‘… भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरणका लागि देहायबमोजिमको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’

सूचनामा नेपाली महावाणिज्य दूतावासका ल्हासामा कार्यरत युवराज क्षेत्री, नेपाली दूतावास बेइजिङमा कार्यरत सन्जु महर्जन र राजकुमार साहको नम्बर दिइएको छ ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?