News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोटाङका ८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
११ भदौ, खोटाङ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोटाङका ८ जना सम्पर्कविहीन भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ जना र ऐसेलुखर्क गाउँपालिकाका ४ जना सम्पर्कविहीन भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी–३ बाम्राङ घर भई हाल नेपाली सेनाको मैलुङ पोष्टमा कार्यरत लेसनायक पवन खत्री दाहाल सम्पर्कविहीन छन् । सोही नगरपालिका वडा नम्बर १५ बिजयखर्कका कविन राई, वडा नम्बर ४ खाल्लेका सुर्जबहादुर परियार पनि सम्पर्कविहीन छन् ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बालकुमार तामाङ, सोही गाउँपालिका ७ माक्पा लेवाका तारानाथ थापा, वडा नम्बर ३ ऐसेलुखर्कका युवराज राई र सोही ठाउँका यसबहादुर राई सम्पर्कविहीन रहेका हुन्।
यस्तै, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा पुर्खौली थलो भएका पुष्प भट्टराई पनि सम्पर्क विहीन बनेका छन् । विद्युत प्राधिकरणको कर्मचारी रहेका भट्टराई रसुवास्थित त्रिशूली जलविद्युत् कम्पनीको कार्यक्षेत्रबाट सम्वर्कविहीन बनेका हुन् ।
उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बेपत्ता कविन रसुवा नाका क्षेत्रमा बसेर ट्रक चालकको काम गर्दै आएका थिए । बालकुमार टुरिष्ट गाईड तथा युवराज र यसबहादुर ट्रेकिङ गाइडको काम गर्दै आएका थिए । सुर्जबहादुर रसुवामा सुरुङभित्र काम गर्थे। तारानाथ भने नुवाकोटमा होटल गार्डको काम गर्दैआएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन रहेकाहरूको खोजी गरेर सहयोग गर्न आफन्तले आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया 4