News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ ।
- सम्पर्कविहीनमध्ये भारतीय १७८, नेपाली १२७, अमेरिकी ६५, मलेसियन ५१, युक्रेनी ५३ र बेलायती ३३ जना छन् ।
- क्यानडाका २५, अष्ट्रेलियाका ३५, जापानका ५, रुसका ८, जर्मनीका ८ र सिंगापुरका ९ जना पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, यो तथ्यांक स्वदेशी र विदेशी दुवैको हो । जसमा सबैभन्दा बढी भारतीय नागरिक १७८ जना छन् । नेपाली नागरिक १२७ जना, अमेरिकी नागरिक ६५ जना, अष्ट्रेलियन नागरिक ३५ जना, मलेसियन नागरिक ५१ जना जापानी नागरिक ५ जना सम्पर्कविहीन छन् ।
त्यस्तै क्यानडाका २५, नेदरल्याण्ड्सका २, फिलिपिन्सका १, फिनल्याण्डका १, न्यूजल्याण्डका ५, काजकिस्तानका २, बेलारुसका १, पोर्चुगललका २, बेल्जिमका ३ जना बेपत्ता भएका छन् ।
फ्रान्सका ४, रुसका ८, स्वीडेनका १, जर्मनीका ८, सिंगापुरका ९, लाट्भियाका ६, हंगेरीका १, साउद अफ्रिकाका ६, सर्बियाका १, आयरल्याण्डका २, स्पेनका ३, स्वीटजरल्याण्डका १ जना बेपत्ता छन् ।
त्यसैगरी इजरायका १, युक्रेनका ५३, इटालीका २, लुथिआनियाका १, युेकका ३३ र बुल्गेरियाका १ जना गरी ६४४ जना बेपत्ता छन् ।
प्रतिक्रिया 4