+
+
Shares

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ ।
  • अर्थ मन्त्रालयका अनुसार गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ ।
  • कुमारी बैंकले ३ करोड, एनसेलले १ करोड, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र निफ्रा बैंकले २ करोड ५० लाख सहयोग गरेका छन् ।

११ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

एनआईसी एसिया बैंकले २ करोड २१ लाख सहयोग प्रदान गरेको छ । रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख प्रदान गरेको छ ।

निफ्रा बैंकले २ करोड ५० लाख प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । सारस वेवरेज (रेडबुल)ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मन्त्रालयका अनुसार यो रकम अर्थमन्त्रीलाई हस्तान्तरण भएको रकम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?