+
+
Shares

नुवाकोट-रसुवामा वैकल्पिक विद्युत पुर्‍याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण

विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँच वटा बत्ती बाल्न सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवामा वैकल्पिक विद्युत् सेवाका लागि ५ सय थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ ।
  • मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत मोबाइल चार्ज र चार–पाँच वटा बत्ती बाल्न मिल्ने पावर बैंक उपलब्ध गराएको हो ।
  • विपद्का कारण विद्युत् सेवा प्रभावित नागरिकलाई सञ्चार र प्रकाशको सुविधा दिन यो पहल गरिएको मन्त्रालयले जनाएको छ ।

११ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत् सेवा प्रवाह गर्न ५ सय थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ ।

मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्काल विद्युत् आवश्यकता सम्बोधन गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो ।

विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँच वटा बत्ती बाल्न सकिने छ ।

विपद्का कारण नियमित विद्युत् सेवा प्रभावित भएका नागरिकलाई अत्यावश्यक सञ्चार तथा प्रकाशको सुविधा उपलब्ध गराउन सोलार पावर बैंक सहयोगी हुने मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन तत्काल वैकल्पिक ऊर्जा सेवा उपलब्ध गराउने तथा विद्युत् पहुँचलाई निरन्तरता दिने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?