News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लहान नगरपालिकाले रसुवाको बाढीपीडितको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
- बिहीबारको कार्यपालिका बैठकले नगर प्रमुख चौधरीको एक महिनाको सेवा–सुविधा र अन्य जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको एक दिनको तलबबाट सहयोग जुटाउने निर्णय गरेको छ।
- बुधबार बिहान चीनतर्फबाट आएको बाढीले भोटेकोशी र त्रिशूली नदीमा क्षति पुर्याउँदै रसुवा, नुवाकोट र धादिङका बस्ती, सडक र संरचनामा ठूलो क्षति गरेको छ।
११ भदौ, सिरहा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिरहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार उक्त सहयोग रकममा नगर प्रमुख चौधरीले आफ्नो एक महिनाको सेवा–सुविधा तथा अन्य जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको एक दिनको तलब योगदान समेटिनेछ ।
उक्त योगदानबाट ११ लाख रुपैयाँ अपुग भए नगरपालिकाको तर्फबाट थप रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।
सहयोग रकम यसै हप्ताभित्र प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा जम्मा गरिनेछ।रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा नगरपालिकाले जोड दिएको छ ।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ ।
बाढीका कारण नदी किनारका बस्ती, सडक तथा विभिन्न संरचनामा समेत क्षति पुगेको छ ।
प्रतिक्रिया 4