News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी र सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन तथा विपद् नक्सांकन गर्ने निर्णय गरेको छ।
- मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले स्थलगत अध्ययन गरी यकिन विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
- नापी विभागले जग्गा र संरचनाको क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने मन्त्रालयले जनाएको छ।
११ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा विपद् नक्सांकन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्थाको अध्ययन गरी निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको यकिन विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
नापी विभागले प्रभावित क्षेत्रमा पुगेर जग्गा तथा संरचनामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने सचिवालयले जनाएको छ ।
यसबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा सहज हुने मन्त्रालयले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा भौतिक संरचनामा परेको क्षतिको यथार्थ विवरण संकलन गरी आगामी व्यवस्थापन तथा पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन नक्साङ्कन कार्य महत्वपूर्ण हुने बताइएको छ ।
प्रतिक्रिया 4