+
+
Shares

बाढीबाट प्रभावित १,५४५ जनाको उद्धार, उपचाररत र डिस्चार्जको संख्या ८४

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीका अनुसार उद्धारमा रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनालाई सुरक्षित निकालिएको छ।

१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका १ हजार ५४५ जनाको उद्धार भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ उद्धार भएको छ ।

यो शुक्रबार बिहान ७ बजेसम्म तथ्यांक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ छ । बाढी प्रभावितको उद्धार तथा सहयोगका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन भएका छन् ।

अहिलेसम्म बाढीमा परेका ४७९ जनाको फेला परेको प्रहरीले जानकारी दिएको छ । बाढीपछि २८ जना प्रहरीहरू अझै सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?