News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको कलैया-१४ लक्ष्मिनिया चोकमा बिहीबार राति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भयो।
१२ भदौ, काठमाडौं । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कलैया उपमहानगरपलिका-१४ बस्ने ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार राति १० बजे कलैया उपमहानगरपलिका-१४ स्थित लक्ष्मिनिया चोकमा दुर्घटना भएको थियो ।
बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । घाइते भएका पाण्डेलाई अस्थायी प्रहरी पोस्ट बारा बसपार्कको प्रहरी टोलीले प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
उनको ब्योधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4