+
+
Shares

चितवनमा तीन वटा सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते   

रासस रासस
२०८३ भदौ ७ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुर महानगरपालिका–१ आँपटारीमा ट्रक, कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको छ।
  • दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँका १९ वर्षीय पुकार श्रेष्ठ घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत छन्।
  • दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

७ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ ।

दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?