+
+
Shares

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गठित प्राविधिक समितिले मन्त्री गीता चौधरीलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
  • मन्त्री चौधरीले मुलुकको अवस्था सामान्य भएपछि प्रतिवेदन कार्यान्वयनबारे थप छलफल अघि बढाइने बताएकी छन् ।
  • उनले प्रतिवेदनका सुझावलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चालिने बताएकी छन् ।

१२ भदौ, काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित प्राविधिक समिति (टास्क फोर्स) ले मन्त्री गीता चौधरीलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले मुलुकको वर्तमान विषम परिस्थिति सामान्य बनेपछि यसको विस्तृत अध्ययन गरी आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइन् ।

‘हाल मुलुक विषम परिस्थितिमा छ,’ उनले भनिन्, ‘अवस्था सामान्य भएपछि प्रतिवेदन कार्यान्वयनका विषयमा थप छलफल अघि बढाउनेछौँ ।’

साथै, मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वन्यजन्तु व्यवस्थापनका लागि प्रतिवेदनले औंल्याएका सुझावहरूलाई गम्भीरतापूर्वक लिई आवश्यक कदम चालिने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?