+
+
Shares

बाढी प्रभावित क्षेत्रका पशुचौपायामा रोग फैलिन नदिन स्वास्थ्य सामग्री र खोप हस्तान्तरण

प्राविधिक टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकारीहरूसँग छलफल गर्दै पशुचौपायाका लागि आवश्यक पर्ने औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने जोखिमपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली नुवाकोट पुगेको छ ।
  • टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेटेर पशु उद्धार, राहत र स्वास्थ्य उपचारका गतिविधिबारे जानकारी लिएको छ ।
  • टोलीले भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रलाई औषधि, खोप र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

१२ भदौ, काठमाडौं । बाढीका कारण प्रभावित पशुचौपायामा फैलिन सक्ने रोगको जोखिम मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली नुवाकोट पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा पशु स्वास्थ्य सेवा र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य सहित पुगेको उक्त टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेटवार्ता गरेको छ ।

भेटमा टोलीले बाढी प्रभावित क्षेत्रमा पशुचौपाया उद्धार, राहत र स्वास्थ्य उपचारका लागि सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराएको थियो ।

त्यसैगरी प्राविधिक टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकारीहरूसँग छलफल गर्दै पशुचौपायाका लागि आवश्यक पर्ने औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बाढीपछि पशुचौपायामा विभिन्न संक्रामक रोगको जोखिम उच्च हुने भएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि यी स्वास्थ्य सामग्री तथा खोप उपलब्ध गराइएको मन्त्रालयको टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?