+
+
Shares

रसुवा बाढी : विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीका कारण फसेका ३ हजार २५३ जनाको उद्धार भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
  • नेपाली सेनाका ६ र निजी ९ गरी १५ हेलिकप्टर उद्धारमा प्रयोग भइरहेका छन् ।
  • प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइरहेको सरकारले उद्धारलाई प्राथमिकतामा राखेको छ ।

१२ भदौ, काठमाडौं । रसुवा बाढीका कारण विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।

१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।

सरकारको प्राथमिकतामा उद्धार कार्य रहेको पनि पोखरेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?