+
+
Shares

कांग्रेस नेता आङ्देम्बेले भेटे गृहमन्त्री, उद्धार कार्य तीव्र पार्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री सुधन गुरूङसँग भेटेर बाढी प्रभावितको उद्धार तीव्र पार्न आग्रह गरे।
  • आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिक अभरमा परेको भन्दै सरकार पूरै उद्धारमा केन्द्रित हुनुपर्ने सुझाव दिए।
  • उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे र नुवाकोटको कोलोनी तथा विदुर नगरपालिका १, ४ र १० मा फसेकाको हवाई उद्धार आवश्यक छ।

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङसँग भेट गरेका छन् । नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग आङ्देम्बेले भेटेका हुन् ।

भेटका क्रममा आङ्देम्बेले बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन् ।

आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङको थुप्रै बाढी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

विभिन्न ठाउँदेखि उद्धारका लागि याचना भइरहेको छ भन्दै उनले गृहमन्त्री गुरूङलाई सरकार पूरै उद्धारमै केन्द्रित होस् भनेर सुझाएका हुन् ।

नेता आङ्दम्बेले प्रधानमन्त्री बालेन शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने बताए ।

उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे, नुवाकोटको कोलोनी, विदुर नगरपालिकाको १, ४ र १० लगायत क्षेत्रमा नागरिक फसेका छन् । उनीहरूको हवाई उद्धार आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?