News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीबाट प्रभावित ४४९ जनालाई शुक्रबार मध्यान्ह १२:२० बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
- उद्धार गरिएकामा १३ भारतीय र ४ जर्मन नागरिक छन्।
- नेपाली सेनाको ४ हजार ५ सय फौजले घाइतेको खोज, आपतकालीन उपचार र राहत वितरण गरिरहेको छ।
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभाविति भएका मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको छ ।
मध्यान्ह १२:२० बजेको समयसम्म १३ भारतीय, ४ जर्मन नागरिकसहित ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धारका लागि बाढी प्रभावित सबै जिल्लाहरुमा नेपाली सेनाको मात्रै ४ हजार ५ सय फौज खटिएको छ ।
घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत वितरणको काम भइरहेको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4