+
+
Shares

उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

रसुवा बाढीपछिको अवस्थामा उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १४:०४

१२ भदौ, काठमाडौं । रसुवा बाढीपछिको अवस्थामा उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाल प्रहरीबाट ७ हजार २५० जना, नेपाली सेना ४ हजार २ सय जना, सशस्त्र प्रहरी १ हजार ८४५ जना गरेर कुल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

साथै, बिभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।

उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कूल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।

१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?