News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् र सम्बन्धित निकायलाई जिससको अगुवाइमा राहत वितरण गर्न निर्देशन दिएका छन्।
- नेता वर्षमान पुनले रसुवागढी क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्य तीव्र बनाउन गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।
- पुनले भोटेकोशी बाढीले क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षणका क्रममा राहत सामग्री प्रभावकारी रूपमा वितरण हुन नसकेको विषय पनि उठाएका छन्।
१२ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन लगायतका नेताहरूसँगको भेटमा उनले यस्तो बताएको पुनको सचिवालयले जनाएको छ ।
नेता पुन भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षणमा छन् ।
निरीक्षणका क्रममा पुनले गृहमन्त्री सुधन गुरुङसँग भेटेका हुन् ।
भेटमा पुनले रसुवागढी क्षेत्रमा सम्पर्कविहीन भएका सबै नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराए ।
रोल्पाका २१ जना नागरिकसहित सम्पर्कविहीन रहेका नागरिकको अवस्था तत्काल पहिचान गरी खोजी तथा उद्धार कार्य प्रभावकारी बनाउन पनि आग्रह गरे ।
निरीक्षणका क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त राहत सामग्री पर्याप्त मात्रामा संकलन भए पनि प्रभावकारी रूपमा वितरण हुन नसकेको विषयमा पनि पुनले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
यस्तो आग्रहमा गृहमन्त्री गुरुङले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने बताएको पुनको सचिवालयले जनाएको छ । साथै, गृहमन्त्री गुरूले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने गरी जिससको अगुवाइमा राहत वितरण गर्न सम्बन्धित निकायलाई निर्देश पनि दिएको बताएका छन् ।
प्रतिक्रिया 4