+
+
Shares

रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गृहमन्त्रीको तयारी

उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:१८

१० भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् । यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाइँदैछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो ।

सम्क्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘आकस्मिक समय राख्ने र रसुवा बढी लगायतका विषयमा गृहमन्त्रीले जवाफ दिने गरी प्रतिनिधिसभाको सम्क्षिप्त बैठक राख्ने गरी छलफल चलिरहेको छ’ प्रवक्ता गिरीले भने ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम थियो ।

साथै, प्रधानमन्त्री वालेन्द्र शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन  पेस गर्ने सम्भावित कार्यसूची तय भएको थियो ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची थियो ।

सम्भावित कार्यसूचीका विषय सबै हटाउने, विशेष समय नराख्ने र आकस्मिक समय राख्ने र रसुवा बाढीबारे गृहमन्त्रीलाई जानकारी गराउन समय दिने गरी बैठक राख्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?