+
+
Shares

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
  • मन्त्री वङले रसुवा, नुवाकोटलगायतको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्न अस्ट्रेलिया तयार रहेको बताउनुभयो।
  • मन्त्री खनालले अस्ट्रेलियाको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्दै प्रभावितको खोज, उद्धार र राहतमा सबै स्रोतसाधन परिचालन भइरहेको जानकारी दिए।

१२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो।

वार्ताका क्रममा मन्त्री वङले विपद्का कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले मन्त्री वङमार्फत अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

उनले विशेषगरी संकटको यस घडीमा अस्ट्रेलियाले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद दिए । मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?