+
+
Shares
रसुवा बाढी :

ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ जना डिस्चार्ज (नामसहित)

रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भीषण बाढीमा घाइते नुवाकोट विदुर–१० का ३० वर्षीय महेश डंगोलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ।
  • साँझ साढे ५ बजेसम्म ३८ जना घाइते अस्पताल भर्ना भएकामध्ये २१ जना डिस्चार्ज भएका र एक जनालाई वीर अस्पताल रिफर गरिएको छ।
  • हाल दुई जना एचडीयूमा र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत रहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।

१२ भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार डंगोललाई बाढीमा परी गम्भीर घाइते भएपछि सुरुकै दिन उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।

‘उहाँको सुरुको दिनबाटै अवस्था गम्भीर रहेकोले आइसीयूमा राखिएको थियो, शरीरभर गम्भीर चोट थियो । शुक्रबार उनको उपचारका क्रममा मृत्यु भयो, ‘उनी भन्छन् ।

उनलाई विदुर–१०, नुवाकोट का बासिन्दाका रूपमा उल्लेख गरिएको छ ।

साँझ साढे ५ बजेसम्मको विवरणअनुसार हालसम्म ३८ जना घाइते उपचारका लागि भर्ना भएकामध्ये २१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ ।

हाल उपचाररत घाइतेमध्ये दुई जना एचडीयूमा र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत रहेको सेन्टरको विवरणमा उल्लेख छ ।

बाढीमा परी घाइते भएकाहरूलाई रसुवा र नुवाकोटलगायत प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । घाइतेमध्ये अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीको अवस्था सामान्य र केहीको अवस्था स्थिर रहेको सेन्टरले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार बाढीपछि ल्याइएका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले आवश्यक व्यवस्थापन गरिरहेको छ ।

उपचाररत र डिस्चार्ज भएकाहरू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?