+
+
Shares

भारतले भन्यो- नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता

भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भएका बताएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १०:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले रसुवाको भोटेकोशी बाढीमा परेर अहिलेसम्म ३२० भारतीय नागरिक बेपत्ता भएको जनाएको छ ।
  • भारतीय विदेश मन्त्रालयले ८४ भारतीय नागरिक सुरक्षित उद्धार भएको र १४९ जना चीनबाट सुरक्षित नेपाल पुगेको बताएको छ ।
  • मन्त्रालयका अनुसार झण्डै ४०० भारतीय नागरिक चीनमा सुरक्षित छन् र उनीहरूलाई ल्याउने प्रयास जारी छ ।

१३ भदौ, काठमाडौं । भारतले रसुवाको भोटेकोशी आएको भीषण बाढीमा परेर अहिलेसम्म ३२० जना भारतीय नागरिक बेपत्ता भएका बताएको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भएका बताएको हो ।

मन्त्रालयले अहिलेसम्म ८४ भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ ।

जसमा तमिलनाडुका २१ जना रहेका छन् । ‘उनीहरू शुक्रबार भारत फर्किएका छन्,’ मन्त्रालयले भनेको छ, ‘६३ जना त्रिशूली–वन प्रोजेक्टमा काम गरिरहेका थिए । उनीहरूको सुरक्षित उद्धार भइसकेको छ ।’

विदेश मन्त्रालयले अन्य १४९ भारतीय नागरिक चीनबाट सुरक्षित नेपाल पुगेका पनि बताएको छ । मन्त्रालयका अनुसार झण्डै ४०० भारतीय नागरिक चीनमा सुरक्षित छन् ।

‘भारतीय दूतावास लगातार उनीहरूसँग सम्पर्कमा छ,’ मन्त्रालयले भनेको छ, ‘उनीहरूलाई त्यहाँबाट ल्याउने प्रयास जारी छ ।’

भारतीय विदेश मन्त्रालयको यो तथ्यांक शुक्रबार राति १० बजेसम्मको भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?