+
+
Shares

बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी ९२ लाख बढी चोरी गरेको आरोपमा २९ जना पक्राउ

रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा धादिङमा २९ जना पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीले बगाएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा धादिङमा २९ जना पक्राउ परेका छन् ।
  • पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
  • प्रहरीले उक्त नगदको स्रोत र घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी राखेको छ ।

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले बगाएर ल्याएको सेफ आफूखुसी तोडफोड गरी चोरी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ । उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले धादिङको गल्छी गाउँपालिका-४ बेल्खु खोलास्थित त्रिशूली नदी किनारमा सेफ फेलापारी तोडफोड गरेर पैसा चोरी गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?