+
+
Shares

‘भूमण्डलीय वाष्पीकरणको जिम्मेवारी विश्वका धनी मुलुकहरूले लिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आदिवासी/जनजाति संघसंस्थाले भोटेकोशीको बाढी र पहिरोले भएको क्षतिपछि भूमण्डलीय वाष्पीकरणको जिम्मेवारी धनी मुलुकहरूले लिनुपर्ने बताएका छन्।
  • उनीहरूले १० भदौको बाढीले सुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा धनजनको क्षति भएको र धेरै बस्ती तथा संरचना बगेको बताए।
  • संघसंस्थाले बेपत्ता व्यक्तिको खोजी तीव्र बनाउन र घाइतेको नि:शुल्क तथा शीघ्र उपचार गर्न माग गरेका छन्।

१३ भदौ, काठमाडौं । आदिवासी/जनजातिसँग सम्बन्धित विभिन्न संघ-संस्थाहरूले भूमण्डलीय वाष्पीकरणको जिम्मेवारी विश्वका धनी र सम्पन्न मुलुकहरूले लिनुपर्ने बताएका छन् ।

आदिवासी/जनजाति संयुक्त मोर्चा, नेपाल, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले प्रेस वक्तव्य निकालेर यस्तो बताएका हुन् ।

यही १० भदौमा भोटेकोशी खोलामा अकस्मात् आएको भीषण एवं विनाशकारी बाढीबाट र सुवा,नुवाकोट, धादिङ, गोरखा, चितवनका जिल्लाहरूमा ठूलो धनजनको क्षति भएको छ ।

कैयौ बजार, बस्तीहरू बाढीमा बगेर बगर बनेका छन् भने कैयन् घर, कार्यालय र पुलहरू बगेका छन् र सडकहरू क्षतिग्रस्त भएका छन् ।

यस घटनासँग जोडिएर आदिवासी/जनजातिसँग सम्बन्धित बिभिन्न संघ संस्थाले भूमण्डलीय वाष्पिकरणको जिम्मेवारी विश्वका धनी र सम्पन्न मुलुकहरूले लिनुपर्ने बताएका हुन् ।

‘हाम्रो के स्पष्ट धारणा छ भने विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुन्छन् तर विडम्बना यस्ता घटनाहरूको दूष्परिणाम भोग्न र पीडित हुन नेपाल जस्ता गरीब एवं अविकसित देशहरूले पर्दछ’ वक्तव्यमा उल्लेख छ ।

उनीहरूले यस तथ्यतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण  गराएका छन् ।

आदिवासी/जनजाति संयुक्त मोर्चा नेपालका संयोजक सुरेश आले मगर, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष वीरबहादुर बुढाथोकी मगर, समाजवादी आदिवासी जनजाति महासंघ नेपालका उपाध्यक्ष मनमायाँ छन्त्यालले लवक्तव्य निकालेर यस्तो बताएका हुन् ।

साथै उनीहरूले बेपत्ता एवं सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन र घाइते भएकाहरूको नि:शुल्क एवं शीघ्र उपचार गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?