फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० को भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि २० फिटभन्दा बढी उत्खनन भइसकेको छ।
- दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान गरिएको छ, र चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुई टोली नेपाल आउँदैछन्।
१३ भदौ, काठमाडौं । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।
कतिपय विद्युतको आयोजनाको टनेलमा फसेकाहरूको उद्धार हुन बाँकी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ ।
अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उत्खननको प्रगति राम्रो रहेको भन्दै दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएछ ।
अन्यत्र पनि कतिपय आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
यही बेला चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4