+
+
Shares

रसुवाका दुई टावरमार्फत नेपाल टेलिकमको सेवा सुचारू

नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १५:२२

१३ भदौ, काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।

टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दुरीसम्म मानव ढुवानीमार्फत टावरसम्म पुर्‍याइएको थियो ।

कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएको सञ्चार मन्त्रालयले जनाएको छ ।

यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस टावरमार्फत पनि आजैदेखि सेवा सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरू त्रिशूलीबाट साइटसम्म हेलिकप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् ।

उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजनास्थल आसपास, बेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुन: सुचारू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?