१३ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ११ जलविद्युत् आयोजनामा अझै ८९८ जना सम्पर्कविहीन रहेको पाइएको छ । निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ का ५७६ जना सम्पर्कविहीन छन् ।
रसुवामा रहेको यो आयोजना २१६ मेगावाट क्षमताको हो । रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना बेपत्ता छन् ।
रसुवा–भोटेकोशी जलविद्युत् आयोजनामा ४ र लाङटाङ खोला जलविद्युत आयोजनाका ४२ जना बेपत्ता छन् । चिलिमेमा ८ र मेलुङ खोला जलविद्युत् आयोजनामा ७ जना वेपत्ता रहेको इप्पानले जनाएको छ ।
नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशूली ३ बी आयोजनामा बेपत्ता छन् । यस आयोजनाका १२२ जना बेपत्ता रहेको इप्पानको पछिल्लो तथ्यांकले देखाएको छ ।
माथिल्लो त्रिशूली ३ एमा ४२ जना सम्पर्कविहीन छन् । मिडिल त्रिशूली गंगामा २, त्रिशूली जलविद्युत् आयोजना र देविघाट जलविद्युत्का एक–एक जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।
माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ए र ३ बीको सुरुङमा ३०० जना फसेको समेत इप्पानले जनाएको छ ।
जलविद्युत् आयोजनाहरूबाट अहिलेसम्म ३६१ जनाको उद्धार भइसकेको छ । जसमध्ये माथिल्लो त्रिशूली १ बाट २५४ र लाङटाङबाट १८ जनाको उद्धार भएको छ ।
त्रिशूली ३ बी आयोजनाबाट ९१ जनाको जीवित उद्धार गरिएको छ ।
प्रतिक्रिया 4