News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ, र प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका छन्।
- रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगैको टावरबाट सेवा सुचारु भएपछि सुरुङमार्गको उद्दार कार्यका लागि सञ्चार सम्पर्क सहज भएको टेलिकमले जनाएको छ।
- रसुवाको कालिकास्थान, नुवाकोटको तुप्चे र बुङताङ बीटीएससहित कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि आजदेखि सञ्चालनमा आएका छन्।
१३ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् ।
नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको जनाएको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको टेलिकमको भनाइ छ ।
यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो ।
रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ । यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन् ।
उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका छन् ।
प्रतिक्रिया 4