News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सचिवालयले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बरमा सहयोग नगर्न अपिल गरेको छ।
- सचिवालयले सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।
- सचिवालयले सहयोगको पारदर्शी उपयोग र सम्भावित वित्तीय ठगीबाट बच्न सजग रहन भनेको छ।
१२ भदौ, काठमाडौं । बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपिल गरेको छ ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभावी अनधिकृत क्यूआर कोड, व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
‘सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4