News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।
- मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।
- प्रदेश सरकारले प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पठाउने र नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
१२ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।
उनकाअनुसार बैठकले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले पारिश्रमिक वापत प्राप्त गर्ने एक महिनाको रकम समेत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले घोषणा गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पनि पठाउने निर्णय गरेको छ ।
शुक्रबारकै बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, नेकपा एमालेको तर्फबाट नीति तथा योजना आयोगको सदस्यमा हिरा चन्द र गंगादत्त जोशीलाई पनि नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया 4