+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ

च्याट जीपीटीबाट आफूले सहयोग गरेको स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा हालेर उनले प्रचार प्रसार गरेको प्रहरीले बताएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ११:१५

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका ३२ वर्षीय भगवान कार्की छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

नेपाल सरकारले जारी गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएको प्रहरीले बताएको छ ।

च्याट जीपीटीबाट आफूले सहयोग गरेको स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा हालेर उनले प्रचार प्रसार गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?