+
+
Shares

अनुमति पाए बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँछौं : स्टारलिंक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ११:३५

१४ भदौ, काठमाडौं । इलोन मस्कको भू-उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकले विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ । नेपाल र चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै स्टारलिंकले यस्तो घोषणा गरेको हो।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै कम्पनीले नेपाल सरकार र मानवीय सहायतामा खटिएका निकायहरूलाई सघाउन तयार रहेको स्पष्ट पारेको छ ।

कम्पनीले आफ्नो सन्देशमा भनेको छ, ‘हामीलाई अनुमति प्राप्त हुनासाथ नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न स्टारलिंकका उपकरणहरू पठाउन र निःशुल्क सेवा उपलब्ध गराउन हामी तयार छौँ।’

विपद्‌मा किन महत्त्वपूर्ण छ स्टारलिंक ?

बाढीपहिरोका कारण सडक, पुल र परम्परागत मोबाइल नेटवर्क पूर्णरूपमा ध्वस्त भएको अवस्थामा स्टारलिंकको सञ्चार सेवा अत्यन्त जीवनरक्षक साबित हुने कम्पनीले उल्लेख गरेको छ।

यस प्रविधिले विशेषगरी बाढी प्रभावित क्षेत्रमा विभिन्न कार्यमा प्रत्यक्ष लाभ पुर्‍याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार, बेपत्ताहरूको खोजी कार्यमा समन्वय गरिरहेका उद्धार टोलीहरूलाई, घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी र मेडिकल टोलीलाई यसले सहयोग गर्नेछ । आफ्ना सम्पर्कविहीन आफन्त र प्रियजनसँग जोडिन प्रयास गरिरहेका परिवारहरूलाई यो सेवा लाभदायी हुने कम्पनीले जनाएको छ ।

कसरी काम गर्छ ?

स्टारलिंकका अनुसार, यसका उपकरणहरू बक्सबाट निकालेको केही मिनेटभित्रै जडान गरी उच्च गतिको इन्टरनेट सञ्चालन गर्न सकिन्छ । यसलाई चलाउनका लागि केवल दुई कुरा विद्युत् आपूर्ति र उपकरणले सिधा देख्ने खुला आकाश आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?