१४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानमा भएको ठूलो क्षतिप्रति मुदिुःख व्यक्त गर्दै बैंकले सो सहयोग प्रदान गरेको छ ।
यस विपत्तिमा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापानामा सहयोग पुर्याउने उद्देश्यले कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4