+
+
Shares

वरिष्ठ कलाकार शान्ति रानालाई आर्थिक सहयोग प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १५:२३

काठमाडौं । वरिष्ठ कलाकार शान्ति रानालाई जीविकोपार्जन र औषधोपचारको लागि राहत रकम प्रदान गरिएको छ । चलचित्र विकास बोर्डका सदस्य सन्तोष लोहनीले चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीमार्फत रानालाई १७ हजार ५०० रुपैयाँ राहत रकम प्रदान गरेका हुन् ।

बोर्ड अध्यक्ष दिनेश डीसीको बिदाइ कार्यक्रममा लोहनीले उक्त रकम हस्तान्तरण गरेका थिए । साउन महिनामा गरिएका १० चलचित्र जाँचपासबाट प्राप्त पारिश्रमिक बापतको रकम कलाकार रानालाई प्रदान गरेको लोहनीले बताए ।

‘वरिष्ठ कलाकार रानालाई खान लाउन पनि समस्या रहेछ । औषधोपचारमा पनि मुस्किल रहेछ’ सहयोग प्रदान गर्दै लोहनीले भने, ‘आफूले जुन क्षेत्रमा काम गरिन्छ, सोही क्षेत्रमा दुःखमा परेको व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने सोचेर राहत रकम दिएको हुँ ।’

थुप्रै फिल्म र टेलिश्रृंखलामा अभिनय गरेकी रानाले आफू आर्थिक समस्याबाट गुज्रिएकाले हातमुख जोर्न र औषधोपचारमा कठिन भएको कुरा अनलाइनखबरलाई बताइन् । उनले मनकारी व्यक्तिबाट सहयोगको अपेक्षा राखेको पनि बताइन् ।

बोर्ड सदस्य लोहनीले केन्द्रीय चलचित्र जाँच समितिमा चलचित्र विकास बोर्डको प्रतिनिधित्व गर्छन् । असार महिनामा ९ वटा चलचित्र जाँच गरेबापत प्राप्त पारिश्रमिकले उनले कलाकार कोपिला थापालाई प्रदान गरेका थिए ।

साढे २ वर्षअघि भारतमा तीर्थयात्रा जाँदा गाडी दुर्घटनामा घाइते भएकी थापाको कम्मरभन्दा तलको भाग चल्दैन । त्यसयता उनले उपचार गराउँदै आएकी छिन् । उपचारमा आर्थिक समस्या भएपछि उनले आर्थिक सहयोगको अपेक्षा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?