+
+
Shares

प्रधानमन्त्री राहत कोषमा हालसम्म कति भयो रकम जम्मा ?

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २०:५५

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री बालेनले फेसबुकमार्फत राहत कोषमा रकम जम्मा भएको विवरण सार्वजनिक गरेका हुन् ।

‘नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ ।’

उनका अनुसार प्रधानमन्त्री राहत कोषमा आज दिउँसोसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले उल्लेख गरेका छन् ।

‘संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?