+
+
Shares

त्रसित छन् राजमार्गका स्थानीय, कृष्णभिरको पहिरोले झनै थप्यो (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णभिरमा आइतबार गएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा ठप्प भएको छ।
  • गल्छी–मलेखु सडकखण्डको त्रिशूली नदी किनारको पहिरोका कारण सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने प्रहरीले जनाएको छ।
  • रसुवाको भोटेकोशी नदीको बाढीले त्रिशूली नदी वारपार गर्ने पुल बगाएको छ र आसपासका घर, पसल, होटल तथा पेट्रोलपम्प डुबानमा परेका छन्।

१४ भदौ, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ‌ं सडक पूर्ण रुपमा ठप्प भएको छ ।

गल्छी–मलेखु सडकखण्डको त्रिशूली नदी किनारमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने प्रहरीले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका असर यो क्षेत्रमा व्यापक देखिन्छ । स्थानीयहरू त्रसित छन् । कयौं घर, पसल, होटलदेखि पेट्रोलपम्पसम्म डुबानमा थिए ।

त्रिशूली नदी वारपार गर्ने पुलहरू बाढीले बगाएको छ । स्थानीयहरू सडकमा लेदो फाल्नेदेखि सामान सार्नेसम्मका काममा व्यस्त छन् ।

नदीको बहाब हेर्नेहरूको भिड उस्तै थियो । कृष्णभिरको सडक भासिँदा सवारीहरू गन्तव्यमा पुग्न नसकी फर्किए ।

सोही ठाउँ हुँदै यात्रा गरेका स्वतन्त्र पत्रकार दिनेश रेग्मीले उपलब्ध गराएका केही तस्वीरहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?