+
+
Shares

पृथ्वी राजमार्गको परेवाभिरमा पनि भासियो सडक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ११:१६

१५ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाभिरमा पनि सडक भासिएको छ ।

त्रिशूलीको बाढीले सडकको बेस निरन्तर कटान गरेपछि सडक भासिएको धादिङ प्रहरीले जनाएको छ ।

आइतबारदेखि त्रिशूलीको बाढीले उक्त खण्डको खण्डको बेस निरन्तर कटान गर्दा सडक भासिएर दुईतर्फी सडक अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

उक्त खण्डमा बाढीले सडक क्षति गरेपछि संघीय राजधानी काठमाडौं आउजाउका लागि विकल्पको रूपमा चितवनको नारायणगढबाट हेटौंडा-काठमाडौंका तीन रुट प्रयोग भएर गाडीहरू सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?