+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारप्रसार माध्यम बनाउनु हुँदैन भन्ने मान्यताका कारण कम्पनीले यसलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अग्नि ग्रुपले रसुवाको बाढीपीडितको राहत र उद्धारका लागि ११ भदौमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ ।
  • अग्नि ग्रुपले उक्त सहयोगबारे कुनै आधिकारिक प्रेस विज्ञप्ति वा प्रचारत्मक विज्ञापन जारी नगर्ने निर्णय गरेको छ ।
  • समूहले संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारको माध्यम बनाउनु हुँदैन भन्ने मान्यता राखेको छ ।

१५ भदौ, काठमाडौं । कर्पोरेट क्षेत्रमा सामाजिक कार्यलाई ठूलो प्रचारप्रसारको विषय बनाउने चलनबीच अग्नि ग्रुपले भने एक अनुकरणीय र सादगीपूर्ण कदम चालेको छ ।

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अग्नि ग्रुप अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप/महिन्द्राका तर्फबाट ११ भदौमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका थिए ।

यति ठूलो रकम सहयोग गरे तापनि अग्नि ग्रुपले यस विषयमा कुनै आधिकारिक प्रेस विज्ञप्ति वा प्रचारत्मक विज्ञापन जारी गरेन । संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारप्रसार माध्यम बनाउनु हुँदैन भन्ने मान्यताका कारण कम्पनीले यसलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

व्यापारिक लाभभन्दा माथि उठेर राष्ट्रिय संकटको समयमा निजी क्षेत्रले नागरिकको साथमा उभिनुपर्छ भन्ने अग्नि ग्रुपको दायित्वबोधलाई यस कदमले स्पष्ट पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?