News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढी प्रभावित क्षेत्रबाट फर्किएका जनमत पार्टीका महासचिव चन्दन सिंहले खोज, उद्धार, राहत र विस्थापित व्यवस्थापनमा धेरै समस्या रहेको बताए ।
- उनले बट्टारका होल्डिङ सेन्टरमा प्रभावित राखिए पनि घरबारविहीन स्थानीयको दीर्घकालीन व्यवस्थापन हुन नसकेको उल्लेख गरे ।
- सिंहका अनुसार बाढीपीडितलाई खाना मात्र होइन, कपडा र ओढ्नेओछ्याउने सामग्री तत्काल आवश्यक छ ।
- उनले सर्वदलीय संयन्त्र र सरकारबीच फिल्डमा समन्वय नभएको र शव पहिचानमा पनि समस्या रहेको बताए ।
१५ भदौ, काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्किएका जनमत पार्टीका महासचिव चन्दन सिंहले खोज तथा उद्धारसँगै राहत र विस्थापितको व्यवस्थापन धेरै समस्या रहेको बताएका छन् ।
राहत सामग्री लिएर गएका उनले त्यसको वितरणमा पनि समस्या रहेको बताए ।
‘बट्टार बजारमा चारपाँच वटा होल्डिङ सेन्टर छन् । त्यहीँ प्रभावितलाई राखिएको छ । तर घरबारविहीन भएका स्थानीयको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन’ उनले भने,’घर र बजार नै गुमाएका मानिसलाई पनि होल्डिङ सेन्टरमा राखेर खाना र बस्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।’
बट्टार क्षेत्रमा उद्धारका लागि हेलिकप्टरहरू निरन्तर परिचालन भइरहे पनि उद्धारपछि प्रभावितको व्यवस्थापन, आफन्तसँग समन्वय तथा शव पहिचानमा समस्या अनुभव सुनाए ।
नेता सिंहका अनुसार बाढीले घरबारविहीन भएका परिवारमा खाद्यान्नसँगै कपडा र अन्य अत्यावश्यक सामग्रीको समेत अभाव छ । ‘साना बच्चाहरू छन् । जसको घरै बगायो । त्यो बगाउँदा मान्छेको आफ्नो आङमा भएको लुगा बाहेक त अरु केही छैन’ सिंह भन्छन्, ‘पाँच दिनदेखि एउटै कपडा लगाइरहेका छन् । त्यसैले त्यहाँ खानेकुरा मात्र होइन, कपडा र ओढ्ने ओछ्याउने तत्काल पुर्याउनुपर्ने देखिन्छ ।’
बाढीपछि खोज, उद्धार, राहत र पुनःस्थापनामा सबै राजनीतिक दललाई सहभागी गराउने उद्देश्यले सर्वदलीय संयन्त्र बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
‘फिल्डमा दलीय संयन्त्र र सरकारबीच समन्वय भएको छैन’ उनी भन्छन् । सरकारले एक्लै गर्छु भन्दा समस्या भएको उनको ठहर छ ।
प्रतिक्रिया 4