+
+
Shares

भोटेकोशी र त्रिशूली नदीका माछा नखान प्रहरीको आग्रह

भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १९:१८

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीले रसुवाको बाढीपछि नदीजन्य पदार्थमा समस्या हुनसक्ने भन्दै भोटेकोशी र त्रिशूली नदीका माछा तथा नदीजन्य पदार्थ नखान आग्रह गरेको छ ।

भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानीकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान प्रहरीले आग्रह गरेको हो । यस्तै, ती नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको छ ।

भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ ।

दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

यस्तो छ प्रहरीको सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?