+
+
Shares

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ १६ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
  • आज बिहानको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो।

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको उक्त योजनालाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

यसअघि पनि कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?